Tue. Sep 24th, 2024

अमेरिका राजनीतिक भाइरस फैलाईरहेको छ-चिनियाँ उप परराष्ट्र मन्त्री मा चाउस्यू

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । चीनका उप परराष्ट्र मन्त्री मा चाउस्यूले भाइरस उत्पत्तिको निहुँमा अमेरिकाले राजनीतिक भाइरस फैलाईरहेको बताउनु भएको छ ।

चाउस्यूले अगष्ट २८ तारिख चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै अमेरिकी गुप्तचर विभागले सार्वजनिक गरेको भाइरस उत्पति सर्वेक्षण प्रतिवेदनबारे सो विचार व्यक्त गर्नुभएको हो ।

उप परराष्ट्र मन्त्री माले भन्नुभए अनुसार, हाल अमेरिकी गुप्तचर विभागले तथाकथित भाइरस उत्पति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। यो तथाकथित प्रतिवेदन एक राजनीतिक प्रतिवेदन र नक्कली प्रतिवेदन हो। उक्त प्रतिवेदन गैर(वैज्ञानिक र विश्वासविहीन छ। अमेरिकाले वक्तव्य प्रकाशित गर्दै चीनको बदमान गरेको छ। चीनले यसको दृढताका साथ विरोध गरेको र अमेरिकासँग गम्भीर कुराकानी गरेको छ।

माकाअनुसार, चीनले धेरै पटक कोरोना भाइरस उत्पति सर्वेक्षण एक जटिल वैज्ञानिक समस्या हो भन्दै उक्त समस्या विश्वका वैज्ञानिकहरूद्वारा अनुसन्धान गरिनुपर्ने कुरा दोहोर्‍याएको छ। तर अमेरिकाले विज्ञान र वास्तविकताको वेवास्ता गरेको, चीनको बदमान गरेको छ। अमेरिकाको उद्देश्य उत्पति सर्वेक्षण समस्यामार्फत चीनलाई आरोप लगाउनु र राजनीतिक भाइरस फैलाउनु हो।

उत्पति सर्वेक्षण समस्यामा अपारदर्शी, गैर-जिम्मेवार, असहयोग अमेरिका हो। यस बारेमा अमेरिकाले विश्वलाई जवाफ दिनुपर्ने जिम्मेवारी र दायित्व बोकेको छ।

८० भन्दा बढी मुलुकले विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकलाई पत्र पठाएका, वक्तव्य प्रकाशित आदि तरीकाहरूमार्फत भाइरस उत्पति सर्वेक्षण समस्यालाई राजनीतिकरण बनाउने कार्यको विरोध गर्दै चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त अनुसन्धान प्रतिवेदनको संरक्षण गर्न आग्रह गरेका छन्। १०० भन्दा बढी मुलुक तथा क्षेत्रका ३०० वटा राजनीतिक पार्टी, सामाजिक संगठन र थिङ्क ट्याङ्कले विश्व स्वास्थ्य संगठनको सचिवालयसमक्ष भाइरस उत्पति सर्वेक्षणको राजनीतिकरणको विरोध गर्ने संयुक्त वक्तव्य प्रकाशित गरेका छन्।

चीनका २ करोड ५० लाख इन्टर्नेट प्रयोगकर्ताले खुला पत्रमा हस्ताक्षर गरी अमेरिकाको फोर्ट डेट्रिक प्रयोगशालाको छानबिन गर्न आग्रह गरेका छन्। ती मानिसहरूको यो न्यायको लागि आह्वान हो। सीआरआई

Facebook Comments