Tue. Sep 24th, 2024

कोरोना संक्रमणबाट आज २७ जनाको मृत्यु

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १ हजार ५ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३ हजार ७ सय ६७ जनामा गरिएको एन्टीजेन परीक्षमा ३ सय ४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ७ लाख ५८ हजार ८ पुगेको छ । हालसम्म ३८ लाख ८६ हजार ८७८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ३६ हजार ८ सय ६६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय २२ जना कोरोनामुक्त भएका छन् । हालसम्म ७ लाख १० हजार ४५० जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ६ सय ९० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

Facebook Comments