Tue. Sep 24th, 2024

चीनद्वारा अफगानिस्तानमा भएको आतंकवादी आक्रमणको निन्दा

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिचेनले अगष्ट २७ तारिख नियमित पत्रकार सम्मेलनमा चीनले अफगानिस्तानमा भएको आतंकवादी आक्रमणको निन्दा गरेको बताउँदै आक्रमणबाट मृत्यु भएकाहरूलाई श्रद्धाञ्जाली दिँदै उनीहरूका परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गरेको बताउनुभएको छ। अफगानिस्तानका लागि चिनियाँ राजदूतावासले हालसम्म चिनियाँ नागरिक हताहतको सूचना नपाएको पनि उहाँले बताउनुभयो।

प्राप्त समाचार अनुसार, अफगानिस्तानी राजधानी काबुल विमानस्थलको नजिकै अगष्ट २६ तारिख दुई वटा विस्फोट भएको थियो। जसबाट धेरै जनाको हताहत भएको छ। “इस्लामिक स्टेट”ले उक्त घटनाको जिम्मा लिएको घोषणा गरेको छ।

प्रवक्ता चाउले चीनले जुनसुकै आतंववादको विरोध र कडा निन्दा गरेको भन्नुहुँदै अन्तर्राष्ट्रिय समाजसँग आतंकवादी त्रास/धम्कीको संयुक्त रुपमा सामना गर्ने आशा लिएको पनि बताउनुभयो। उहाँले अफगानिस्तानी सुरक्षा परिस्थिति सधैं नै जटिल र गम्भीर भएको भन्दै सम्बन्धित पक्षले प्रभावकारी कदम चालेर अफगानिस्तानी जनता र अफगानिस्तानमा विदेशी नागरिकको सुरक्षाको प्रत्याभूति गर्नसक्ने आशा चीनले गरेको पनि बताउनुभयो। सीआरआई

Facebook Comments