Tue. Sep 24th, 2024

गण्डक ब्यारेजका सबै ढोका खोलियो

- तराईमा बाढी

फोटो कान्तिपुर

काठमाण्डौं, २०७८ भदौं १२ गते शनिबार । नारायणी नदीमा पानीको सतह बढेपछि आसपासमा सर्तकता अपनाइएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएकाले उच्च सतर्कता अपनाइएको र गण्डकका सबै ढोका खोलिएको जानकारी दिएको छ । प्रशासनले नारायणी नदी आसपासमा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

नारायणी नदीको मुहान रहेको मुक्तिनाथदेखि पुछाराको त्रिवेणीधामसम्मका सबै खोला बढेको र वर्षा नरोकिएका कारण नारायणीमा पानीको सतह बढ्दो छ ।

गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ । अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड रहेको छ । कान्तिपुर अनलाईन

Facebook Comments