Tue. Sep 24th, 2024

साइनो नेपाल मिडिया सोसाइटीद्वारा राससलाई मास्क सहयोग

काठमाण्डौं, २०७८ भदौं ११ गते शुक्रबार । राष्ट्रिय समाचार समिति राससमा कार्यरत सञ्चारकर्मीका लागि साइनो नेपाल मिडिया सोसाइटीले मास्क उपलब्ध गराएको छ । राससका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक सिद्धराज राईलाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेल र महासचिव दीपक रिजालले छ हजार थान मास्क हिँजो बिहिवार हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष अधिकारीले कोरोना सङ्क्रमण जारी रहेका बेला सोसाइटीले उपलब्ध गराएको मास्क साङ्केतिक मात्र नभई व्यावहारिक पक्षबाट पनि निकै महत्वपूर्ण रहेको बताउनुभयो । मास्क मूल्यमा सस्तो भए पनि अग्रपङ्क्तिमा रहेर काम गर्न पत्रकारलाई बचाउने मामिलामा त्यतिनै महँगो रहेको जनाउँदै अध्यक्ष अधिकारीले चाइना च्यारिरिटी फेडरेशन र चाइना गुडविल फाउण्डेशन लगायत संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

च्यारिरिटी फेडरेशन र गुडवील फाउण्डेशनको सहयोगमा मास्क सोसाइटीलाई प्राप्त भएको हो । साइनो नेपाल मिडिया सोसाइटीले संस्थालाई प्राप्त मास्क नेपाल पत्रकार महासङ्घ, केही अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गर्ने छ । सोसाइटीका अध्यक्ष पौडेलले कोभिड-१९ प्रतिकार्यमा प्रहयोग पुर्याउने हेतुले राससलगायत सञ्चारमाध्यमलाई मास्क उपलब्ध गराइने कार्यको सुरुवात गरिएको बताउनुभयो ।

यस्तै सोसाइटीले तनहुँमा रहेको जिपि कोइराला श्वास प्रश्वास अस्पताल र खैरेनिटार दुलेगौडा स्वास्थ चौकी लाई क्रमश २-२ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल-चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोसाइटीले चीनमा कोरोना सङ्क्रमणको सुरुआती दिनमा सछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरुप पठाएको थियो । सोसाइटीको अगुवाइमा काठमाडौँमा सछुवान ‘फुड फेष्टिवल’ र चीनको लशानमा थाङ्का प्रदर्शनीमा सहयोग पुर्याएको थियो ।

Facebook Comments