Tue. Sep 24th, 2024

हामी सरकारमा सहभागी हुन्छाैं : माधव नेपाल

काठमाण्डौं, २०७८ भदौं १० गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । बिहीबार क्वालिटी बैकट बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकाने सरकारमा छिट्टै सहभागी हुने घोषणा गर्नुभएको हो ।

‘हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ अध्यक्ष नेपालले भन्नुभयो । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गर्नुभएको छ ।

 एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई छोड्दै गएको र व्यक्ति केन्द्रित पार्टीको रुपमा नेकपा एमालेलाई अघि बढाउनुभएको आराप लगाउनुहुदै नेता नेपालले विचार र सिद्धान्तलाई आत्मसात् गर्दै नेकपा (एकीकृत समाजवादी ) अगाडि बढ्ने बताउनुभयो ।

नेता नेपालले देशको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखिको ऐतिहासिक पृष्ठभूमिबारे बोल्नुहुदै उहाँले नेपाल कम्युनिस्ट पार्टीको संस्थापक पुष्पलालले मार्गनिर्देश गर्नुभएको सिद्धान्तलाई अगाडि बढाइने बताउनुभएको छ । सिद्धान्तप्रति निष्ठावान हुँदै नेपाली समाजलाई आवश्यक मोडलको समाजवादको यात्रा आफूहरुको भएको जसमा व्यक्तिहरुमा रमाउने झुण्डहरु, कुसंस्कारीहरु र नेताहरुको भजन मण्डली र आरती उतार्ने झुण्डहरु पार्टीमा हुनेछैन, नेता नेपालले बताउभएको छ ।

देशको वर्तमान नयाँ परिस्थितिमा माक्सर्वाद लेनिनवादलाई सिर्जनात्मक प्रयोग गर्दै पुष्पलालको विरासतलाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने नेता नेपालले बताउनुभएको हो । पछिल्लो समय आफ्ना समथ छोडेका साथीहरुले पहिले पनि नयाँ पार्टी खाेलेकाे प्रमाण आज पनि निर्वाचन अायाेगमा रहेको खुलासा समेत नेपालले गर्नुभयो ।

पार्टी एकता पक्षधरहरुप्रति लक्षित गर्नुहुदै उहाँले लामो यात्रामा केही साथीहरू थाक्नुभएको तर क्रान्तिकारी शक्तिहरु निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभएको छ । आगामी दिनमा जनताको समस्याहरुलाई ध्यानमा राखी नेकपा (एकीकृत समाजवादी ) अघि बढ्ने जनाइएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले छिट्टै नै राष्ट्रिय सम्मेलन गर्ने र उक्त सम्मेलनमा पार्टीको विचार एवम् सिद्धान्तबारे घनिभूत झलफल गरिने बताएको छ । यससँगै देशका सबै वामपन्थी शक्तिहरुसँग सहकार्य गर्ने बताउनुहुदै नेतम नेपालले संसद विघटनविरुद्वको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका शक्तिहरुसँग सहकार्य हुने नेता नेपालले बताउनुभयो ।

यस लगायतका अन्य वामपन्थी शक्तिहरुसँग पनि सहकार्य हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी ) ले निर्वाचन आयोगबाट कानुनी मान्यता प्राप्त गरेपछि नेता नेपालले आज औपचारिकरुपमा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आफ्नो र नयाँ पार्टीको धारणा व्यक्त गर्नुभएको हो । गोरखापत्र अनलाईन

Facebook Comments