Tue. Sep 24th, 2024

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच ‘काबुलमा गोप्य भेट’

काठमाण्डौं, २०७८ भदौं ९ गते बुधबार । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग सोमवार गोप्य भेट गरेको स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन्।

तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि गरेका छैनन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोक्नु भएको छ । यूकेसहित अन्य साझेदार राष्ट्रले उक्त समयसीमा लम्ब्याउन चाहेका छन्।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्कवादी आक्रमण भएपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो। त्यतिबेलादेखि नै अमेरिकी सेनाको अफगानिस्तानमा उपस्थिति छ।

स्रोतहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वाशिङ्टन पोस्ट, असोशीएटिड प्रेस तथा एनपीएसहितका सञ्चारमाध्यममलाई स्रोतहरूले सीआईए र तालिबानको बैठकबारे समाचार सम्प्रेषण गरेका छन्।

तर उनीहरूले त्यसबारे थोरै मात्र जानकारी दिएका छन्। यदि यो कुरा पुष्टि भयो भने अगस्ट १५ मा तालिबानका लडाकुहरूले काबुल कब्जा गरेपछि अमेरिका र तालिबानबीच भएको यो नै सबैभन्दा माथिल्लो तहको भेटघाट हुनेछ।

तालिबान काबुल पुगेपछि अफगान राष्ट्रपति विदेश पलायन भएका थिए भने अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार धराशायी भएको थियो।

काबुल छोडेर हजारौँ विदेशी तथा अफगान नगारिकहरू विदेश जान खोजिरहेको बेला अहिले झन्डै ५,८०० अमेरिकी सैनिकले काबुल विमानस्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।

वाशिङ्टन पोस्टका अनुसार सीआईए र तालिबानबीचको भेटघाटमा अमेरिकी सेनालाई हवाई उद्धार गर्न दिइएको समयसीमाबारे पनि छलफल भएको हुनसक्छ। बीबीसी

Facebook Comments