Tue. Sep 24th, 2024

“बेल्ट एण्ड रोड” मा सहभागी सहयोगात्मक मुलुक र अन्तर्राष्ट्रिय संगठनको संख्या १७२

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । अगष्ट २३ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री वाङ वनथाउ, उप वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौवन, उप वाणिज्य मन्त्री छन खमिङले सम्बन्धित विषयहरूबारे व्याख्या गर्नुभएको छ।

छन खमिङले सन् २०१३ यता चीनको वाणिज्य मन्त्रालयले “बेल्ट एण्ड रोड”को साझा निर्माणलाई अगाडि बढाउने क्षेत्रमा पाँचवटा उपलब्धि हासिल गरेको बताउनुभयो।

चीनको व्यापार निरन्तर रुपमा सबल भएको छ। लगानी तथा सहकार्यलाई निरन्तर रुपमा उकासिएको छ र पारस्परिक हित तथा साझा विजयीको व्यवसाय शृङ्खला र आपूर्ति शृङ्खलाको सिर्जना गरिएको छ। सहयोगात्मक परियोजनाहरूमा प्रगति देखिएको छ। अन्तरसन्जाल तथा अन्तरकार्यको साझेदारी सम्बन्ध सबल पारिएको छ। खुलापन र सहकार्यको फराकिलो मञ्च खडा गरिएको छ। महामारी बिरुद्धको सहकार्यले प्रभावकारी उपलब्धि हासिल भएको छ।

हालसम्म १७२ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणसम्बन्धी २०० वटाभन्दा बढी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेका छन्। सीआरआई

Facebook Comments