Tue. Sep 24th, 2024

चीन विश्वको पहिलो ठूलो व्यापार मुलुक र दोस्रो ठूलो उपभोग बजार

काठमाण्डौं, २०७८ भदौं ८ गते मंगलबार । चीनको राज्य परिषदको प्रेस कार्यालयले अगष्ट २३ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनका वाणिज्य मन्त्री वाङ वनथाउले उक्त पत्रकार सम्मेलनमा हाल चीन विश्वको दोस्रो ठूलो उपभोग बजार र पहिलो ठूलो व्यापार मुलुक बनिसकेको कुरा बताउनुभएको छ।

सन् २०२० मा चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा-बिक्री रकम ३९२ खर्ब चिनियाँ युआन पुगेको थियो। उपभोग धेरै वर्षसम्म आर्थिक बृद्धिलाई अगाडि बढाउने पहिलो शक्ति रहेको छ।

यसबाहेक, चीनका उप वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौवनले चीनको वाणिज्य मन्त्रालयले बाह्य खुलापनलाई विस्तार गर्ने, अझै बढी स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कुरा बताउनुभयो। सीआरआई

Facebook Comments