Tue. Sep 24th, 2024

मौसमविद् भन्छन्-अझै केही दिन मनसुन थप सक्रिय हुन्छ

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । मौसमविद्हरुले अझै केही दिन मनसुन थप सक्रिय हुने बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

प्रदेश एक, दुई र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि नै लगातार पानी परिरहेको छ । अरु ठाउँमा बद्ली भएको छ । आज दिउँसोदेखि देशका सबैजसो भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।

अबको तीनरचार दिन लगातारजस्तै पानी पर्ने भएकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रहसमेत गरेका छन् ।

 

Facebook Comments