Tue. Sep 24th, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

काठमाण्डौं, २०७८ साउन २७ गते बुधबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । लुम्विनी प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको बताउनु भयो ।

उहाँले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको जानकारी दिनुभयो । गोरखापत्र अनलाईनका अनुसार प्रदेश सभामा सरकारविरुद्ध विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशन अघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको नेकपा एमाले लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनु भयो ।

Facebook Comments