Tue. Sep 24th, 2024

चीनका परराष्ट्र मन्त्री वाङ यी चीन-आशियान मुलुकहरूका विदेश मन्त्रीहरू सम्मेलनमा उपस्थित

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । चीनको राज्य परिषद एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट ३ तारिख भिडियो तरीकामार्फत चीन-आशियान मुलुकहरूका विदेश मन्त्रीहरूको सम्मेलनमा भाग लिनुभएको छ। वाङ यीकाअनुसार, चालू वर्ष चीन-आशियानले वार्ता सम्बन्धको स्थापनाको तीसौं वार्षिकोत्सव हो। दुई पक्षले सहकार्यको नयाँ युगको संयुक्त रुपमा सिर्जना गर्ने छन्। चीन सधैं नै आशियानका लागि भरपर्दो असल छिमेकी, असल मित्र, असल साझेदार हो।

वाङ यीले हाल चीनको महामारी प्रभावकारी रुपमा नियन्त्रण गरिएको, चीनको अर्थतन्त्र राम्रो दिशातर्फ विकास भैरहेको, समाज मेलमिलापयुक्त र स्थिर भएको बताउँदै नयाँ प्रक्रियामा चीनले बाह्य खुलापनलाई विस्तार गर्ने, विकासको नयाँ बनौटको सक्रियताका साथ सिर्जना गर्ने, आत्म विकासमार्फत विश्वका लागि नयाँ सुअवसर उपलब्ध गराउने कुरा बताउनुभयो।

आशियान मुलुकहरूका विदेश मन्त्रीहरूले आशियान र चीनबीचको सम्बन्धले हासिल गरेको सकारात्मक प्रगति खास गरी दुई पक्षको महामारी प्रतिरोधको उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँहरूले चीन र आशियानको सम्बन्धलाई अझै उच्च स्तरको रणनीतिक साझेदारी सम्बन्धको सिर्जना गर्न स्वीकार गर्नुभयो। सीआरआई

Facebook Comments