Tue. Sep 24th, 2024

“बेल्ट एण्ड रोड” वरिपरिका मुलुकलाई कोभिड-१९ खोपको सुलभता र सामर्थ्यलाई बढाउन चीन इच्छुक

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । यसै जुन महिनामा चिनियाँ राज्य परिषद्का सदस्य एवम् परराष्टमन्त्री वाङ यीले “बेल्ट एण्ड रोड” सम्बन्धी एशिया-प्रशान्त क्षेत्रीय अन्तर्राष्ट्रिय सहकार्यका लागि उच्चस्तरीय बैठकको आयोजना गर्नुभएको थियो। सो अवसरमा चीन र अरू २८ देशहरूले “बेल्ट एण्ड रोड” खोप सहकार्य साझेदारी सम्बन्धको स्थापना गरेर खोपको सहायता, निर्यात तथा संयुक्त उत्पादनबारे सहकार्यलाई सबल पार्न प्रस्ताव गर्नुभएको थियो।

चीनले उक्त प्रस्तावको सक्रिय कार्यान्वयन गर्दै यी देशहरूसँग ७७ करोड ५० लाख डोज खोपमा सहकार्य सहमति गर्नुका साथै ३५करोड डोज दिइसकेको छ। चिनियाँ व्यवसायले चार देशसँग संयुक्त उत्पादन सुरू गर्नुका साथै अरू देशहरूसँग संयुक्त उत्पादनबारे छलफल गरिरहेका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

चीनले “बेल्ट एण्ड रोड” वरिपरि देशहरूसँगै साझा प्रयासमा खोपको निष्पक्ष वितरणलाई घच्घच्याउनुका साथै  “बेल्ट एण्ड रोड” वरिपरि देश तथा विकासोन्मुख देशमा खोपको सुलभता र सामर्थ्यलाई बढाउने इच्छा राखेको छ। सीआरआई

Facebook Comments