Fri. Apr 19th, 2024

क्विन्स बुद्ध लाइन्स क्लब न्यूयोर्कद्वारा अन्तरक्रिया कार्यक्रम

न्यूयोर्क,२०७६ पुष ४ गते शुक्रबार ।

न्यूयोर्कस्थित क्विन्स बुद्ध लाइन्स क्लबद्वारा आयोजित बालबालिकासंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लाइन्स क्लब अन्तर्राष्ट्रिय बुद्ध लाइन्स क्लब जिल्ला २०-के१ ले स्कुल जाने ३-१२ ग्रेड का बच्चाहरूलाई लक्षित गरि शैक्षिक एचिभ योर ड्रिम्स एण्ड एसपिरेसन “Achieve Your Dreams & Aspirations” अन्तरक्रिया कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमका हिरो सुशोभित खड्काले आफु कसरी प्रिपरेसन स्कोलरशीप प्रोग्राममा छानिएको भन्ने बारेमा प्रकाश पार्नु भएको थियो भने सोधिएका विभिन्न प्रश्नको जवाफ पनि दिनु भएको थियो । साथै खड्काले शैक्षिक क्षेत्रमा आवश्यक पर्ने ज्ञान, शीप र सफलता प्राप्त गर्न आवश्यक ज्ञान र अनुभव बताउनु भएको थियो । न्युयोर्कमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्दै गरेका विद्यार्थीहरू र अभिभावकले कसरी आफ्ना बच्चाहरूले प्रगति गरिरहेका छन्, सो को बारेमा जानकारी गराउने र शैक्षिक सफलताका लागि बच्चालाई उत्प्रेरणा दिनुका साथै अन्य जिज्ञासालाई सम्वोधन उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै अभिभावक राम खड्का र राजन कर्मचार्यले बिधार्थीहरूको शैक्षिक स्तर उकास्ने कार्यमा अन्तरक्रियाबाट थप हौसला प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

१४ डिसेम्बर शनिवारका दिन सम्पन्न सो कार्यक्रममा लाइन्स क्लब इनर कन्टिनेसनल डिस्ट्रिक जोन चेयरमेन मिसेस यालिब वेंग रिजनल सभापति लिओ वाङ्ग को अतिथि हुनुहुन्थ्यो । कार्यक्रम संयोजक लाइन्स बुद्ध पौडेलले स्वागत मन्तव्य दिनु भएको थियो भने बिक्की पुलामीले कार्यकम्र संचालन गर्नु भएको थियो । सो कार्यक्र्रमको सभापतित्व लाइन्स कल्ब अफ क्विन्स बुद्ध प्रेसिडेन्ट अर्जुन गौडेल ले गर्नु भएको थियो ।

कार्यक्रम सहसंयोजक दिपकराज घिमिरेको मुख्य भुमिका रहेको सो कार्यक्रममा लाइन्स क्लब अफ क्विन्स, नेप्लिजका अध्यक्ष पुरुसोत्तम पन्थीले अन्तरक्रियाबारे बिस्तृत जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा सहभागी अभिभावक तथा बिधार्थीहरूले यस्ता कार्यक्रम निरन्तर भई राख्नुपर्ने सुझाव दिनु भएको थियो । लाइन्स क्लब अफ क्विन्सका चार्टर अध्यक्ष रुद्र पुनले अन्तरक्रिया सम्पन्न गर्न आफ्नो कार्यलयको हल उपलब्ध गराई सहयोग गर्नु भएको थियो । कर्यक्रमा बोल्दै रोटरी क्लव अफ क्विनसका अध्यक्ष नवराज केसीले लाईन्स क्लव र रोटरी क्लवले संयुक्त रुपमा काम गर्न सके समाजलाई फाईदा पुग्ने बताउनु भयो ।

Facebook Comments