Thu. May 2nd, 2024

फासीवादी मोदी सरकारको हिन्‍दूराष्ट्र बनाउने योजना : पाकिस्‍तान

काठमाडौं, २०७६ पुष ४ गते शुक्रबार ।

 भारतको संसदले नागरिकता विधेयक पारित गरेपछि देशव्यापी प्रदर्शन हुँदैछ । केही सहरमा त कर्फ्यू लगाएर समेत प्रदर्शन नियन्त्रणमा लिने प्रयास गरिएको छ । यद्यपि विरोध प्रदर्शन रोकिएको छैन । विपक्षी दल लगायत नागरिक अगुवा, विद्यार्थी र अल्पसंख्यक मुस्लिम समुदायले विधेयकको विरोध गर्दै आएका छन् ।

यस्तैमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारको विरोध गर्नुभएको छ । उहाँले ट्वीटमा लेख्दै नरेन्द्र मोदी नेतृत्वको सरकारको टिप्पणी गर्नुभएको हो
। भारत सरकारलाई फासीवादी भन्दै भारतलाई हिन्दूराष्ट्र बनाउने प्रयास मोदीले गरेको टिप्पणी इमरानको छ ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार भारतले पारित गरेको विधेयकमा पाकिस्तान, बंगलादेश लगायत छिमेकी मुलुकबाट भारत छिरेका धार्मिक शरणार्थीलाई नागरिकता दिने उल्लेख छ । यसरी नागरिकता पाउनेमा विभिन्न ६ वटा धार्मिक समुदायको नाम विधेयकमा उल्लेख गरिए पनि मुस्लिमलाई समेटिएको छैन ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई हिन्दूराष्ट्र बनाउने षड्यन्त्रको रुपमा अर्थ्याउनु भएको छ । खानले ट्वीट गर्दै भारत सरकारको नयाँ निर्णयको निन्दा गर्नुभएको हो। खानले लेख्नु भएको छ, भारतीय लोकसभामा पेश गरिएको नागरिकता विधेयक, जसले सबै अन्तर्राष्ट्रिय मानवअधिकार कानुन साथै पाकिस्तानसँग भएका द्वीपक्षीय सम्झौताको उल्लंघन गरेको छ । यो फासीवादी मोदी सरकारद्वारा प्रचारित आरएसएसको हिन्दूराष्ट्र बनाउने योजनाको हिस्सा हो ।

यसअघि नै पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै विधेयकको विरोध जनाएको थियो । विधेयकलाई विज्ञप्तिमा प्रतिगामी तथा पक्षपातपूर्णु भन्दै टिप्पणी गरिएको थियो । यस्तै भारतको छिमेकी देशहरुको मामिलामा दखल दिएको पनि उल्लेख गरिएको थियो ।

Facebook Comments