Sat. May 4th, 2024

पूर्व सभामुख महरालाई थुनामै राख्न उच्च अदालत पाटनको आदेश

काठमाडौं, २०७६ पुष ३ गते बिहीबार ।

पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले यस अघि थुनामा राखी मुद्दा पुर्पक्ष गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई निरन्तरता दिने आदेश गरेको छ ।

गोरखापत्र अनलाईनका अनुसार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी तथा न्यायाधीश टेकनरायण कुँबरको संयुक्त इजलासले सो आदेश गरेको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले बताउनुभयो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा मङ्सिर ५ गते निवेदन दर्ता गराउनु भएको थियो ।
उहाँलाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदाताल काठमाडौंले कात्तिक १८ गते पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

Facebook Comments