Tue. Apr 21st, 2026

प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्‍वात्राद्वारा बधाई

       

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

बुधबार बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर राजदूत क्‍वात्राले बधाई तथा शुभकामना दिनुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा दुई मुलुकबीचको सम्बन्धको बारेमा चर्चा भएको छ ।

Facebook Comments