Mon. Sep 23rd, 2024

गच्छदारलाई १० लाख रूपियाँ धरौटीमा छाड्ने आदेश

काठमाण्डौं, २०७८ असार ३० गते बुधबार । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेप्नुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा हुनु भएको छ ।

उहाँ विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

लामो समय फरार रहेका उहाँ बुधबार विशेष अदालतमा हाजिर हुनु भएको थियो । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

Facebook Comments