Thu. Sep 19th, 2024

युरोकपमा सेमिफाइनलमा आज इंग्ल्याण्ड र डेनमार्क भिड्दै

काठमाडौं, २०७८ असार २३ गते बुधबार । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल विहिबार मध्य राति इंग्ल्याण्ड र डेनमार्कबीच खेल हुँदैछ ।

मध्य राति वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो भने नकआउटमा इंग्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिता निराश सुरुवात गरेको डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्याण्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली आज भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ । एजेन्सी

Facebook Comments