Sat. Jul 27th, 2024

किरात समुदायले टुडिखेलमा उधौली चाड मनाए

काठमाडौँ : शनिबार किरात समुदायले टुडिखेलमा उधौली चाड मनाएका छन् । मंसिर पूर्णिमामा मनाइने उधौलीलाई ‘छिरिनाम’, ‘चासोक तङनाम’ पनि भन्ने गरिन्छ।  साकेलामा किरात समुदायका राई, सुनुवार, याक्खा आदिले साकेला सिली नाच्ने गर्छन् । यो किरात समुदायको सबभन्दा ठूलो चाड हो ।

साकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ । यसैगरी वैशाख पूर्णिमामा साकेला उभौली मनाउने गरिन्छ।

साकेला सिलीमा विभिन्न जीवजन्तु तथा मानव कार्यको नक्कल गरिन्छ ।

Facebook Comments