Sun. Sep 22nd, 2024

बाढीले हेलम्बुमा रहेको प्रहरी चौकी र निजी विद्यालय बगायो

फोटो सामाजिक सञ्जाल ।

काठमाडौं, २०७८ असार ५ गते शनिबार । बाढीले सिन्धुपाल्चाेककाे हेलम्बुमा रहेको प्रहरी चौकी र एउटा निजी विद्यालय बगाएको छ । गएराति आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुलाई ढालेको हो ।

हेलम्बु २ मा रहेको चौकी बाढीले क्षति पुर्याउन थालेपछि कार्यालय यसअघि नै सारिएको थियो । अहिले इलाका प्रहरी कार्यालय किउलमा रहेको एउटा भाडाको घरबाट सञ्चालनमा रहेको छ । यस्तै हेलम्बु ४ मा रहेको इस्ट पोइन्ट बोर्डिङ पनि बाढीले बगाएको छ । यस्तै मेलम्ची नगरपालिका ६ तालमाराङमा रहेको तेस्रे माविमा पनि नदीले कटान सुरु गरेको छ ।

कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयको एउटा भवन नदीले बगाएको हो । यस्तै, चनौटेमा रहेको रातो पुल जोखिममा रहेको छ । मेलम्चीमा हिजो दिउँसो फेरि बाढी आएको थियो । अहिले भने पानीको सतह घटेको छ । मेलम्ची खोलामा पानी नपरे पनि बाढी आएको बारे अध्ययन गर्न विज्ञको टोली त्यसतर्फ जाँदैछ । फोटो सामाजिक सञ्जाल । उज्यालो अनलाईन

Facebook Comments