Sat. May 18th, 2024

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङः मिचिएको भूमिबारे चिठी पठाएका छौँ

काठमाडौं, २०७६ मंसिर २३ गते सोमबार ।

मन्त्रिपरिषद् बैठकमा सीमा विवादको विषयमा छलफल भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा गतमहिना भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारेमा छलफल भएको हो।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद रहेको सीमाबारे ‘ब्रिफिङ’ गर्नु भएको थियो। प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने ‘आधिकारिक रुपमा चिठी पठाइयो हाम्रो भूमि हो भनेर। यस अगाडि सरकारले त्यस क्षेत्र आफनो भनेर दावी गरेको थिएन। लिम्पियाधुरासम्मको नक्सा यसअघि कसैले छापेको थिएन। तर हाम्रो भूमि हो भनेर ब्रिट्रिस इष्ट इन्डिया कम्पनीको सम्झौताका बुँदालाई कोट नै गरेर चिठी पठाइएको छ।’

त्यस्तै प्रधानमन्त्री ओलीले आफु स्वस्थ्य हुँदै गएको जानकारी गराउनु भएको छ। मन्त्रिरिषद् बैठकमा ओलीले भन्नु भयो ‘अहिले म स्वस्थ्य हुँदै गएको छु। सोमबार मात्र केही अप्रेसनका टाँकाहरु काटिएका छन्’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै ति मन्त्रीले भने ‘बिस्तारै क्रियाशिल हुँदैछु, मेरो ध्यान पनि अब बढी सरकारमै हुन्छ। तपाइँहरुले पनि सरकारमा आफुले पाएको जिम्मेवारीमा खटिएर काम गर्नुहोस्। नगइ नहुने बाहेकका अन्य कार्यक्रममा नजानुहोस्। परिणाम निकालेर काम गर्नुहोस।’ अन्नपूर्ण पोष्ट अनलाईनबाट ।

Facebook Comments