Thu. Nov 14th, 2024

पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २०७८ जेठ १० गते सोमबार । भोजपुरका पूर्वसांसद तथा नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका संस्थापक अध्यक्ष नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उहाँको परिवारले जनाएको छ ।

बस्नेत भोजपुर निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुनुहुन्थ्यो ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आउनु भएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय हुनुहुन्थ्यो । उहाँ एमसीसी विरोधी अभियानमा पनि सक्रियतापूर्वक लागिरहनु भएको थियो । बस्नेतका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

पुर्व सांसद , वामपन्थी आन्दोलन का चम्किला तारा, सामाजिक व्यक्तित्व नरेन्द्र बस्नेत प्रति हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments