Wed. Jul 8th, 2026

आफूलाई विश्वासको मत दिएर पाँच वर्ष सरकार चलाउन दिन प्रधानमन्त्री ओलीको आग्रह

       

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले भन्नुभयो, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भो। पाँच वर्ष चलाउन पाइएन भन्नु भो। ठीकै छ। पाँच वर्ष चलाऔं। विश्वासको मत दिनुस्। पाँच वर्ष नै चलाउन भनेरै मैले राजीनामा दिइनँ। नत्र त दुई वर्षमै राजीनामा दिइहाल्थेँ नि।’

उहाँले सांसदहरू विश्वासको मत नदिएर आफै संसद विघटनतिर लैजान खोजेको आरोपसमेत लगाउनुभयो। ‘पाँच वर्षसम्म सरकार चलाउने संस्कार बसाल्न पनि मलाई मतदान गर्नुहोस्,’ ओलीले थप्नुभयो, ‘भनेकै छु त मत दिनुस् भनेर। विश्वासको मत दिनुस् संसद विघटन हुँदैन।’

Facebook Comments

सम्बन्धित समाचार