Sat. Sep 21st, 2024

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बैशाक २९ सम्म लम्बियो

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा यहि बैशाक २९ गते राति १२ बजेसम्म लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाको निषेधाज्ञा थप कडाइ गर्दै आउँदो २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटराईले जानकारी दिनुभयो ।

बैठकले खाद्यन्न तथा फलफुल पसल बिहान नौ बजेसम्म मात्र खोल्न पाउने व्यवस्था गरेको छ । यस्तै सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्ने तथा बैंकको केन्द्रीय कार्यालयमा २० प्रतिशत मात्रै कर्मचारी उपस्थित भएर काम गर्न पाउने निर्णय गरेको छ ।

बैठकले सबै बैंकले जिल्लामा रहेका आफ्ना शाखामध्ये २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका छन् । बैठकले यसअघि जारी गरेका सबै पास खारेज गर्दै अब मृत्यु संस्कार लगायत अत्यावश्यक काममा मात्रै पास जारी गर्ने निर्णय पनि गरेको छ ।

Facebook Comments