Sat. Sep 21st, 2024

नेपालमा एकै दिन ५५ जना कोरोना संक्रमितको मृत्यु, ७ हजार ५ सय ८७ संक्रमित थपिए, ७ सय ७५ जना कोरोना मुक्त

- कारोनाबाट मृत्युहुनेहरुको संख्या बढ्दो, स्थिती भयावह

काठमाडौं, २०७८ बैशाक २१ गते मंगलबार । नेपालमा पछिल्लो चौबीस घण्टामा ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चौबीस घण्टामा दर्ता गरिएको मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।

कोरोनाभाइरसका ७ हजार ५ सय ८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७ हजार ५ सय ८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने ३ लाख ५१ ह्जार पाँच जना पुगेको उल्लेख गरेको छ । हालसम्म २५ लाख ३७ हजार २ सय ९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७ सय ९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १ हजार ७ सय ७५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म २ लाख ८७ हजार ७ सय ९० जना कोरोनामुक्त भएका हुन् । हाल २ सय ५३ जना क्वारेन्टिनमा छन् ।  नेपालमा हालसम्म कोरोनाबाट कुल ३ हजार ४१७ जनाको मृत्यु भएको छ ।

Facebook Comments