Sat. Sep 21st, 2024

गुड्ने र उड्नेमा विभेद गरेको यातायात व्यवसायीहरुको गुनासो

काठमाडौं, २०७८ बैशाक १४ गते मंगलबार । सरकारले गुड्ने र उड्ने यात्राको साधनमा विभेद गरेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निशेधाज्ञा जारी गर्दै यातायातका साधन बन्द गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले विभेद गरेको बताएका हुन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विमान चल्न दिने तर सार्वजनिक सवारी बन्द गर्ने सरकारको नीति विभेदकारी भएको बताउनु भयो । सार्वजनिक सवारीमा रोक तर विमान सञ्चालनमा निरन्तरताले कोभिड महामारी नियन्त्रण नहुने उहाँको भनाइ छ । “सरकारले सर्वसाधारणले प्रयोग गर्ने सवारी बन्द गरेर मात्र कोरोना नियन्त्रण हुने सोचले कोभिड नियन्त्रणमा आउँदैन,” महासचिव सिटौलाले भन्नुभयो, “विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय कार्यान्वयनमा सरकार लागे अवज्ञा गर्नेछौं ।” विमानस्थलसम्म जानको लागि साधन आवश्यक रहेकाले गर्दा सवारी साधन सरकारले चल्न दिनुपर्ने व्यवसायीको माग छ ।

विगत १ वर्षदेखि यातायात क्षेत्रको लगानी धरासायी भैरहेकाले गर्दा ठूलो लगानी र लाखौंको रोजीरोटी संकटमा परेकोले सरकारले यातायात सञ्चालनमा सहजीकरण गर्नुपर्ने सिटौलाको माग छ । आन्तरिक हवाई सेवाको उडानमा हुने मापदण्ड पालना गरी सवारीसाधन सञ्चालन गर्न महासंघ तयार रहेको सिटौलाको भनाइ छ । कारोबार

Facebook Comments