Sat. Sep 21st, 2024

चीन, नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशका परराष्ट्र मन्त्रीहरूले महामारीको बारेमा भिडियो सम्मेलन गर्ने

- कोरोना महामारी विरुद्ध क्षेत्रिय चासो बढ्यो

काठमाडौं, २०७८ बैशाक १४ गते मंगलबार । नयाँ कोरोना भाइरसले महामारीलाई उच्च तहमा पुर्याईरहेको बेला चीन, नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशका परराष्ट्र मन्त्रीहरूले नयाँ कोरोना भाइरस महामारीको प्रतिक्रिया सम्बन्धमा आज (मंगलबार) दिउँसो भिडियो सम्मेलन आयोजना गर्ने भएका छन्। चीनका परराष्ट्र मन्त्री वाङ यीले सो सम्मेलनको अध्यक्षता गर्नुहुनेछ।

छ मुलुकका परराष्ट्रमन्त्रीबीच महामारीविरूद्धमा सहमति जुटाउने, महामारीविरूद्धको लडाइँमा व्यावहारिक सहयोगलाई प्रगाढ पार्ने र महामारीपछि आर्थिक सुधारलाई जोड दिने जस्ता विषयमा गहन विचारविमर्श हुने सीआरआईले समाचार लेखेको छ ।

Facebook Comments