Sun. May 5th, 2024

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनद्वारा अमेरिकी कंग्रेसको आलोचना

काठमाडौं, २०७६ मंसिर १८ गते बुधबार ।

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको विदेशी मामिला समितिले डिसेम्बर चार तारिख अमेरिकी कंग्रेसको प्रतिनिधि सभाले पारित गरेको “युगुर मानव अधिकार नीति मस्यौदा २०१९”बारे वक्तव्य प्रकाशित गरेको छ।

उक्त वक्तव्यका अनुसार, स्थानीय समयबमोजिम डिसेम्बर तीन तारिख अमेरिकी कंग्रेसले चीनको कडा विरोधको वेवास्ता गरी “युगुर मानव अधिकार नीति मस्यौदा २०१९”पारित गरी चीनको आन्तरिक मामिलाको हस्तक्षेप गरेको छ। यसले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीरताका साथ उल्लंघन पनि गरेको छ। चाईना रेडियो ईन्टरनेस्नलका अनुसार चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको विदेश मामिला समितिले यसको गम्भीरताका साथ निन्दा गर्दै दृढताका साथ विरोध गरेको कुरा वक्तव्यमा उल्लेख छ।

उक्त वक्तव्यका अनुसार, चीन सरकारले सिन्च्याङका विभिन्न जातिको जनताको मानव अधिकार र आधारभूत स्वतन्त्रताको कानूनबमोजिम संरक्षण गरेको छ। सिन्च्याङ युगुर स्वायत्त प्रदेशको स्थापना भएको ६४ वर्ष यता आर्थिक वृद्धि असी गुणाले बृद्धि भएको छ। सन् २०१४ यता सिन्च्याङको तीस लाख जनसंख्या गरिबीबाट मुक्त भएका छन्।

Facebook Comments