Fri. May 17th, 2024

एथलेटिक्समा सन्तोषी श्रेष्ठको तर्फबाट नेपाललाई पहिलो स्वर्ण

काठमाडौं, २०७६ मंसिर १७ गते मंगलबार ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । अनलाईन खवरका अनुसार नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जित्नु भएको हो।

उहाँले निर्धारित दुरी ३५ मिनेट ७।९४ सेकेण्डमा निर्धारित दुरी पुरा गर्नुभएको थियो। यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जित्नु भएको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ ।

मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङ, दुवाथोलनमा हिमाल टमाटा र कराँतेको कुमुतेमा नवीन रसाइलीले पनि एक/एक स्वर्ण पदक जित्न् भएको छ । नेपालले सोमबार १५ स्वर्णपदक जितेको थियो ।

Facebook Comments