Fri. May 17th, 2024

कराँते र ऊसुमा थप स्वर्ण सहित नेपालको स्वर्ण संख्या २० पुग्यो

काठमाडौं, २०७६ मंसिर १७ गते मंगलबार ।

तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले २० स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलन, दौडमा गरी नेपालले २० स्वर्ण पदक जितेको छ ।

मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाउनुभयो । नविन रसाइलीले ६७ केजी समूहमा कराँते तर्फ स्वर्ण पदक जित्नुभयो । उहाँले पाकिस्तानका अहमेद नासिरलाई ८–६ ले हराउँदै स्वर्ण पदक जित्नुभयो । नविनले बङ्गलादेशका मोहम्मद फर्दुसलाई ८–२ ले हराएर फाइनलमा प्रवेश गर्नुभएको थियो । सोमबार पहिलो दिन ९ स्वर्ण पदकको लागि भएको स्पर्धामा कराँतेतर्फ नेपालले सात स्वर्ण पदक र दुई रजत पदक जितेको थियो ।मङ्गलबार नै डुवाथोलनमा लक्ष्मण मल्लले रजत पदक दिलाउनुभयो । एथ्लेटिक्स १५ सय मिटरको दौडमा टंक कार्कीले कास्य पदक जित्नुभएको छ ।

धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त दौडमा स्वर्ण पदक दिलाउनुभएको छ । उहाँले दश हजार मिटरको दौडमा भारतीय खेलाडी कविता यादबलाई पछि पार्नुहुँदै स्वर्ण पदक जित्नुभएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सन्तोषीले दश हजार मिटरको दौड ३५ मिनेट ७.९४ सेकेण्डमा पार गर्नुभएको छ । सन्तोषीले अन्तिम सेकेण्डमा कवितालाई पछि पार्नुभयो । दौडको अन्तिम संकेतमा दुबैले सँगै खुट्टा उचालेको देखिएपनि सन्तोषीले पहिलो टेक्दै मिलिसेकेण्डको अन्तरले स्वर्ण हात पार्नुभयो । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments