Fri. Sep 20th, 2024

ललितानिवास प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश

काठमाडौं, २०७७ चैत १६ गते सोमबार ललितानिवास जग्गा प्रकरणको मुद्दामा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तथा प्रस्तावको प्रतिलिपि झिकाउने आदेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा पूर्वमन्त्रीहरुमाथि मुद्दा दायर गरेको र तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई उन्मुक्ति दिएको भन्दै सो विरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासबाट सो आदेश भएको हो ।

Facebook Comments