Fri. Sep 20th, 2024

चिनियाँ खोप भोली बिहान नेपाल आइपुग्ने, प्रयोगमा ल्याउन भने केही समय कुर्नुपर्ने

- कोरोना भाइरस

काठमाडौं, काठमाडौं, २०७७ चैत १५ गते आईतबार चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमवार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले पनि नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी पैचिंग आइपुगेको र केही दिनमै नेपालमा आउने जानकारी गराएको छ । सोमवार नेपाल आइपुग्ने भनिएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने सम्बन्धितअधिकारीहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ।

यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ। चीनबाट आठ लाख मात्रा खोप नेपाल ल्याउन लागएिको हो । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।

यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ ।

Facebook Comments