Fri. Sep 20th, 2024

भारतीय सेनाले नेपाली सेनालाई दिने एक लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, २०७७ चैत १५ गते आईतबार  कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिने भएको छ । कोरोना महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज खोप आइतबार साँझ काठमाडौं आइपुगेको हो । एयर इन्डियाको विमानमार्फत खोप काठमाडौं ल्याइएको हो ।

नेपाल समाज अनलाईनका अनुसार खोपको औपचारिक हस्तान्तरण केही दिनमा हुने नेपाली सेनाले जनाएको छ । भारतले नेपाललाई अनुदानमा दश लाख डोज उपलब्ध गराइसकेको छ भने सरकारले २० लाख डोज खरिद गरिसकेको छ । २० लाख मध्ये दश लाख डोज नेपाल आइसकेको छ भने बाँकी दश लाख डोज अप्रिल पहिलो साता आउने बताइएको छ ।

Facebook Comments