Fri. Sep 20th, 2024

फागुन २८ र त्यसपछिका निर्णयबाट पछि हट्न नसकिने अध्यक्ष ओलीको भनाई

- एमाले संसदीय दलको बैठक सम्पन्न

काठमाडौं, २०७७ चैत १४ गते शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक शुक्रबार सम्पन्न भएको छ । सर्वोच्च अदालतको फैसलापछि बाहिरिएका केही सांसद बैठकमा सहभागी भएकोले बैठक नविन खालको रहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी गराउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  फागुन २८ पछिका निर्णयहरुमा ‘व्याक’ हुन नसक्ने बताउनुभयो । त्यस्तै संसदीय दलको विधानमा भएको परिवर्तन अहिलेलाई अनुमोदन भई सकेको हाललाई त्यसमा संशोधन नहुने बताउनुभयो ।

पार्टीले गुटगत र समूहगत हिसावले कुराकानी नहुने उहाले बताउनुभयाे । साथै अब संसदीय दलको बैठक नियमित बस्ने सो बैठकमा विष्णु पौडेलले वजेटका बारेमा विचार दिन आग्रह गर्नुभयो । सहभागी गोकर्ण विप्ट, योगेश भट्टराई घनश्याम भुषाल लगायतका नेताले ऐतिहासिक अबसर भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो । गोरखापत्र

Facebook Comments