Fri. Sep 20th, 2024

राष्ट्रपति भण्डारीद्वारा मंगलबार ४ बजे सर्वदलीय बैठक आव्हान

काठमाडौं, २०७७ चैत २ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफल गर्नका लागि आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिले मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि आह्वान गर्नुभएको जानकारी उहाँका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

लामो समयदेखि दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि र सत्ता समीकरण, सङ्घर्षकाबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

Facebook Comments