Sun. May 5th, 2024

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न ६५ प्रतिशत मतदान

काठमाडौं, २०७६ मंसिर १४ गते शनिवार ।

देशभर आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । काश्कीका केही स्थानमा सामान्य घटना भए पनि निर्वाचन शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको विभिन्न जिल्लाहरूबाट हाम्रा समाचारदाताहरूले जनाएका छन् । निर्वाचन आयोगका अधिकारीका अनुसार ६५.४३ प्रतिशतको बीचमा मतदान भएको निर्वाचन अायाेगल पत्रकार सम्मेलनमा जनाएकाे छ । आजै बेलुकाबाट मत गणना सुरु गरिने र कतिपय स्थान विशेष गरी वडाहरूको मतगणनाको परिणाम आजै बेलुकाबाट प्राप्त हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

हाम्रा बैतडी समाचारदाता गोकर्ण दयालका अनुसार बैतडीमा करीब ६६ प्रतिशत मतदान भएको  छ । र त्यहाँ आजै बाट मत गणना हुने जनाइएको छ । यसैबीच हाम्रा अर्घाखाँची समाचारदाता गणेश खनालका अनुसार अर्घाखाँचीमा ७३.८९ प्रतिशत मत खसेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वाड नम्वर ३ मा भएको उपनिर्वाचनमा २२२५ मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो । कुल ३ हजार ११ मत रहेको सो वाडमा १२ सय २४ महिला र १ हजार १ पुरूषले मतदान गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । मत शनिबार नै गणना गर्ने गरि काम भईरहेको छ । सर्वदलीय बैठक सम्पन्न भएको शनिबार राति ८ बजेबाट गणना सुरू हुने जनाएको छ ।

यसैबीच लमजुङ समाचारदाता बेलिना थापाका अनुसार लमजुङमा ६६ दशमलव ३० प्रतिशत मत खस्यो । कुल २ हजार २ सय ९७ मतदाता रहेको उक्त वडामा १ हनार ५ सय २३ मत खसेको छ । यसमा महिला ८ सय ६२ र पुरुष ६ सय ६१ ले मतदान गरेका छन् । महेन्द्र मन्दिर मावि परेवाडाँडा क केन्द्रका मतदान अधिृकत विष्णुप्रसाद पौडेलका अनुसार महिला २ सय ५० र पुरुष १ सय ८६ गरी ४ सय ३६ जनाले मतदान गरेका छन् । उक्त केन्द्रमा ६ सय १६ मतदाता थिए । केन्द्र ख का मतदान अधिकृत सुवाष भण्डारीका अनुसार २ सय २८ महिला र १ सय ९० पुरुष गरी ४ सय १८ जनाले मतदान गरेका छन् । उक्त केन्द्रमा ६ सय १६ मतदाता थिए । यस्तै, कान्ति मन्दिर मावि पुर्काङ केन्द्रमा १ हजार ६५ मतदाता रहेकोमा महिला ३ सय ८४ र पुरुष २ सय ८५ गरी ६ सय ६८ जनाले मतदान गरेका छन् ।

यस्तै हाम्रा हुम्ला समाचारदाता राजन रावतका अनुसार यो निर्बाचनमा खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा ८४ दशमलब सात प्रतिशत मत खसेको छ । उपनिर्बाचन सम्पन्न भएका पाँच वटै मतदान केन्द्रहरुका मतदाताले उत्साहका साथ शान्तिपुर्ण तरिकाले मतदान भएको छ । कडा सुरक्षा र निर्बाचनमा सहभागी दलहरुको संयमता र जनताको निर्बाचन प्रतिको उत्साहका कारण मतदान कार्य सफल रुपमा सम्पन्न भएको हो । उपाध्यक्ष पदका लागि मतदाताहरुले एकदमै धैर्य र उत्साहका साथ मतदान प्रकृयामा मतादातले भाग लिएको मुख्य निर्बाचन अधिकृत चन्द्रकान्त पौडेलले बताउनु भयो । जनताको निर्बाचन प्रतिको उत्साह उल्लेख्य देखिएको छ । यो निर्बाचनमा खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा ८४ दशमलब सात प्रतिशत मत खसेको छ ।

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ को मालिका माबि केन्द्रमा ८८९ मतदाता भएकोमा ७९९ मत खसेको छ भने वडा नम्बर २ को शंकर आधारभुत विद्यालयमा ४८० मत भएकोमा ३७३ मत खसेको छ । त्यसै गरि वडा नम्बर ३ को हुम्ला माबि केन्द्रमा ५२३ मतमा ४५८ मत खसेको छ । त्यसै गरि वडा नम्बर ४ को सीता माबि केन्द्रमा ६४२ मत भएकोमा ५५२ मत खसेको छ । त्यसै गरि मान्धारा माबि भकुण्डा केन्द्रमा ८५३ मतमा ६८७ खसेको छ । कुल खसेको मतमा एक हजार ३६४ महिलाको मत खसेको छ भने एक हजार पाँच सय पाँच मत खसेको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनु भयो ।

यसैबीच हाम्रा सर्लाही समाचाचारदाता जनार्दन खत्रीका सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा नयाँ वडाध्यक्ष चयनका लागि शनिवार सम्पन्न उपनिर्वाचनमा एक हजार ९३ जनाले मतदान गरेका छन् । वडाभित्रका कुल एक हजार ३५६ मतदातामध्ये ५७५ जना महिला र ५१८ जना पुरुष गरी जम्मा एक हजार ९३ जनाले मतदान गरेका हुन् । पुरुषको तुलनााम ५७ जना बढी महिला मतदाताले मतदान गरेका छन् । कुल मतदातामध्ये रोजगारी तथा अन्य सिलसिलामा घर बाहिर रहेका २६३ जनाले भने मतदान गरेका छैनन् । हरिपूर्वा नगरपालिका–१ को वडा कार्यालयमै रहेको दुई मतदान केन्द्रमा शान्तिपूर्ण किसिमले मतदान सम्पन्न भएको हो ।

रौतहट समाचारदाता कृष्ण तिवारीका  जिल्लाको गढिमाई नगरपालिका वडा नं २ को अध्यक्ष पदका लागि भएको चुनावमा ८५ प्रतिशतसम्म मत खसेको छ। गढिमाई नगरपालिकाको समनपुरमा दुई र हथिऔलमा एक गरी तीन वटा मतदान केन्द्रमा भएको निर्वाचनमा ८५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय गौरले जनाएको छ ।

समनपुर वडामा महिला पुरुष गरी कुल १८२२ मतदाता संख्या रहेकोमा शनिबार भएको निर्वाचनमा १५४४ जनाले भोट खसालेको निर्वाचन अधिकृत छोटेलाल दासले बताउनुभएको छ ।

निर्वाचनको मतगणना पनि आजै राति देखी शुरु हुने र मत परिणाम आइतवारसम्म सार्वजनिक हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले जनाएको छ । यो वडाको अध्यक्षका लागि ११ जना उम्मेदवार छन् ।

हाम्रा अछाम समाचारदाता शिवराज ढुंगानाका अनुसार उपनिर्वाचन अन्तर्गत अछामको मेल्लेख गाउँपालिका(५ विन्देवासिनीमा ७१ दशमलव २१ प्रतिशत मतदान भएको छ । सातसय ९७ महिला र पाँचसय ५९ पुरूषगरी १३ सय ५६ मतदान भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । जनता मावि मतदान केन्द्रमा आठसय ८२ र भवानी आधाभुत विद्यालय मतदान केन्द्रमा चारसय ७२ मत खसेको बताइएको छ । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदान पश्चात् राजनीतिक दलको बैठक पश्चात् आज रातिबाटै मतगणाना गरिने निर्वाचन गरिने जिल्ला निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारूले जानकारी दिनुभयो ।

यसैगरी महोत्तरी समाचारदाता माला कर्णका अनुसार महोत्तरी जिल्लाको तीन ठाउँमा भइरहेको उपनिर्वाचनमा ७० प्रतिशत मतदान भएको छ । जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानी नगरपालिकाको वडानं. ६ मा वडाध्यक्ष तथा बलवा नगरपालिकाको वडानं. २ र ८ मा वडाध्यक्षको निर्वाचन भएको छ । तीनवटै ठाउँमा करिब ७० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो । उहाँले मतदान शान्तिपूर्ण रुपमा सकिएको र मतपेटिकाहरु आएपछि मात्रै एक्युरेट कति प्रतिशत मतदान भयो भन्न मिल्ने बताउनुहुदै करिब ७० प्रतिशत मतदान भएको बताउनुभयो । विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।

हाम्रा लहान समाचारदाता जिवछ यादवका अनुसार सिरहाको कल्याणपुर नगरपालिका १२ नम्वर वडामा सम्पन्न मतदानमा ७२ प्रतिशतले मतदान गरेका छन् । शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा पुरषभन्दा महिला मतदाताहरुको सहभागिता बढी रहेका छन् ।
कल्याणपुर नगरपालिका बेल्हामा रहेको विष्णु चरण श्रेष्ठ माध्यमिक विद्यालयको क, ख, ग र श्री जनता आधारभूत विद्यालय तिलासी मतदान केन्द्रमा गरी २४७९ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत एकराज अकिारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुबै मतदान केन्द्रमा गरी महिला १४९३ र पुरुष ९८६ जनाले मतदान गरेका छन् । शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा सबै राजनीतिक दल र उम्मेदबारहरुले सहयोग गरेका छन । सबै मतपेटिकाहरु नगरपालिकाको कार्यालय कल्याणपुरमा ल्याइ सकेकोले खाना खाएर राती नौ बजेबाट मतगणना गर्ने कार्यक्रम रहेको छ । पुरुषकबो तुलनामा महिला मतदाताहरुले मतदान गरेका छन् । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments