Fri. Sep 20th, 2024

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुहुँदै

काठमाडौं, २०७७ माघ २७ गते मंगलबार

निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा आज निर्वाचन आयोग जाँदै हुनुुहुन्छ ।

आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुग्नु भएको थियो । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग जानु भएको छैन ।

ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा हुनुुहुन्छ । त्यसैले उहाँले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहनु भएको छ । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायतका वविध विषयमा आयोगको ध्यानाकर्षण गराउन उहाँ बिहान ११ वजे निर्वाचन आयोग जान लाग्नु भएको खवर कान्तिपुरले लेखेको छ ।

Facebook Comments