२०८३ कार्तिक २०, शुक्रवार

पूर्व न्यायाधीश पाण्डेको निधनका कारण आज सर्वोच्च अदालत बन्द

       

काठमाडौं, २०७७ माघ २७ गते मंगलबार

पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण आज सर्वोच्च अदालत बन्द हुने भएको छ । अदालत बन्द भएसँगै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ बुधवार हुने सर्वोच्च अदालतले जनाएको छ ।

सोमवार प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, विष्णु भट्टराई, रविनारायण खनाल र अधिवक्ताहरू लोकनाथ खरेल, मुकुन्द अधिकारी, भोजराज आचार्य, शान्तिदेवी खनाल, अनन्तराज लुइँटेल, मुना लामिछाने, चन्द्रप्रकाश रेग्मी र ईश्वरी भट्टराईले बहस गर्नुभयो ।

बहसमा उहाँहरूले संविधानमा ५ वर्ष सम्म प्रतिनिधिसभा विघटन गर्न नपाउने भन्ने कतै उल्लेख नभएको बताउनुभयो । प्रतिनिधिसभा विघटन कानुन व्यवसायीहरूले प्रधानमन्त्रीको विशेष अधिकार भएको जिकिर गर्नुभयो ।

Facebook Comments