Fri. Sep 20th, 2024

संसदीय सुनुवाइको पत्र फिर्ता प्रक्रियामा राष्ट्रियसभाको संलग्नता छैन: अध्यक्ष तिमिल्सिना

काठमाडौं, २०७७ माघ २० गते मंगलबार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सनुवाइसम्बन्धी पत्र फिर्तासम्बन्धी प्रक्रियामा संंघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा) संलग्न नरहेको स्पष्ट गर्नुभएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले ‘संसदीय सुनुवाइसम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकारक्षेत्र र त्यसमा प्रयुक्त व्यहोरा प्रति मेरो आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको र जस अनुसार दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सनुवाइ सहितका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको पनि स्पष्ट गर्नुभएको छ ।

Facebook Comments