Fri. Sep 20th, 2024

म्यान्मारमा विकसित घटनाबारे परराष्ट्र मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं, २०७७ माघ २० गते मंगलबार

परराष्ट्र मन्त्रालयले म्यान्मारमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिएको छ ।

सोमवार साँझ एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले नेपालले सबै पक्षले म्यान्मारका जनताको इच्छालाई सम्मान गर्ने र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनः स्थापित हुने विश्वास व्यक्त गरेको छ।

सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र नेत्री आङ सान सुकी सहित अन्य नेताहरूको सुरक्षाबारे चासो व्यक्त गर्दै नेपालले उनीहरूलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ।

Facebook Comments