Thu. Apr 25th, 2024

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, शल्यक्रिया हुँदै

काठमाडौं, २०७६ मंसिर १० गते मंगलबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया भइरहेको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइनु भएका ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरिराखिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो

कान्तिपुर अनलाईनका अनुसार डा. रमेश सिंह, डा.दिव्य सिंहलगायत चिकित्सक टोलीले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिरहेको छ । थापाले भन्नु भयो, “प्रधानमन्त्रीको अप्रेसन चलिरहेको छ। यो समान्य अप्रेसन हो। उहाँलाई पेट दुःखेर आज बिहान ८ बजे ल्याइएको थियो। यो एपेन्डीसाइटिस अकस्मात हुने र तत्काल उपचार गर्नुपर्ने रोग हो।”

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुनुुहुन्छ। उहाँको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथो पटक हेमोडायलसिस गरिएको थियो।

गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा हुनुहुन्छ । उहाँको रगतमा क्रिएटिनिनको स्तर वृद्धि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ ।

Facebook Comments