Mon. May 6th, 2024

प्रधानमन्त्री ओलीकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया गर्ने तयारी

काठमाडौं, २०७६ मंसिर १० गते मंगलबार ।

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसकाे शल्यक्रियाकाे तयारी गिरएकाे छ ।

गोरखापत्र अनलाईनका अनुसार उहाँलाइ  शल्यचिकित्सा कक्ष लगिएकाे त्रिवि शिक्षणा अस्पतालका चिकित्सक डा.अरूणा सायमिले बताउनुभयाे । उहाँकाे शल्यक्रिया डा.रमेशसिहं भणडारी र डा. पलेस्मा जाेशीले गनु हुने भएकाे छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानु भएको प्रधानमन्त्री ओलीलाई चिकित्सकले अस्पतालमै भर्ना हुन सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

Facebook Comments