Sat. Sep 21st, 2024

मेलम्ची सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने

काठमाडौं, २०७७ माघ ११ गते आईतबार

मेलम्ची खानेपानी आयोजनाको सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने बताइएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा सो कुराको जानकारी गराइएको हो । मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकाशं काम सम्पन्न भइसकेको जानकारी गराउनुभयो । बताइएको छ । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा सो कुराको जानकारी गराइएको हो ।

मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकाशं काम सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

उहाँले पानी निकासका लागि राखिएका सुरुङको ढोका मर्मत लगायत महत्वपूर्ण काम सकिएको जानकारी गराउनुभयो ‘करिब सबै काम सकिएको छ, सुरुङ्ग परिक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङ्गको निरिक्षण पनि गराएका छौँ, कार्यकारी निर्देशक खत्रीले भन्नुभयो, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरु शुरु गरेका छौँ, २४ सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौँ ।’उहाँले भन्नुभयो ।

खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम शुरु गर्न सकिने बताएका जानकारी गराएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ यस्तै सुरुङको निरिक्षण लगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरिक्षण गर्नु भएको थियो ।

सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि नौ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुग्नु भएको थियो । त्यसक्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिनु भएको थियो । गोरखापत्र

Facebook Comments