२०८३ कार्तिक २१, शनिवार

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ   

       

काठमाण्डू । लुम्बिनी प्रदेशसभाका सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाण्डू उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । रासस

Facebook Comments