Tue. Jul 28th, 2026

काठमाडौंमा पानी पर्न थाल्यो, उच्च पहाडी भूभागमा हिमपात हुन सक्ने

       

काठमाडौं, २०७७ पुस २० गते सोमबार

काठमाडौंमा विहान सबेरैदेखि पानी पर्न थालेको छ ।

केही दिनदेखि मौसममा आएको परिवर्तन अन्ततः वर्षातमा रुपान्तरण भएको हो । जल तथा मौसम विज्ञान विभागले आइतबार मध्यान्ह नै मौसमको पूर्व सूचना जारी गर्दै आईतबार रातिदेखि केही दिनसम्म देशका धेरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेकाले आम नागरिकलाई होसियारी अपनाउन आग्रह गरेको छ । महाशाखाले पश्चिमी वायुमा विकसित न्यून चापीय प्रणालीको प्रभावले आईतबारदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको हो।

महाशाखाका अनुसार आईतबाररातिदेखि पुस २१ गतेसम्म बागमती प्रदेश, प्रदेश १ र प्रदेश २ का उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले भनेको छ स् बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।

साथै महाशाखाले आईतबार २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै आईतबार भनेको छ-‘देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन हुन तथा बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।’

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read