Sat. Mar 15th, 2025 09:17:36

विद्यालय खोल्ने निर्णय भएको छैन:सीसीएमसी

काठमाडौं, २०७७ पुस १९ गते आईतबार

कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमण केही कम भएकाले यस अघि बन्द भएका केही सेवा खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने निर्णय गरेको छ ।

तर अहिले नयाँ भाइसरको देखा परेकाले विद्यालय खोल्दा त्यसका संक्रमण फैलन सक्ने भएकाहुँदा विद्यालय तत्तकाल खोल्न उपयुक्त नभएको छलफल भएको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

गोरखापत्रका अनुसार केही सेवाहरु सञ्चालन गर्न दिन सकिनेबारे छलफल भएको र कुनकुन सेवा खोल्ने भन्ने बारे टुङगो नभइ सकेको बताउँदै विद्यालय लगायत अन्य सेवा खोल्ने कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।

के के सेवा खोल्नेबारे भोलि मन्त्रिपरिषद्को बैठकमा लगिने छ तर अहिले नै विद्यालयदेखि सबै सेवा खोल्ने भन्ने निर्णय भयो भन्ने समाचार सार्वजनिक भएको छ त्यो सत्य होइन उहाँले स्पस्ट गर्नुभयो ।

Facebook Comments