Sat. Jul 27th, 2024

लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल वीरगञ्जमा ‘पक्राउ’

काठमाडौं, २०७७ पुस १६ गते बिहीबार

लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रवाल बीरगञ्जमा ‘पक्राउ’ पर्नुभएको छ ।

मनोज अग्रवालको स्वामित्वमा रहेको चिनी उद्योगल उखु किसानको करिब नौ करोड रुपिया भुक्तानी गर्न बाँकी रहेकाले सोही आधारमा प्रहरीले ‘पक्राउ’ गरेको हो ।

सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सा एसपी गंगा पन्तले उहाँलाई उपस्थित गाराउन आदेश भए अनुसार अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराइएको र उहाँलाई नवलपरासी पठाउने तयारी भइरहेको बताउनुभयो ।

उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। १ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए। सरकारसँग ४ बुँदै सहमति भएसँगै पुस १३ गते उनीहरूले आन्दोलन स्थगित गरेका थिए। सम्झौता भएको दिनेदेखि २१ दिनभित्र चिनी मिललाई भुक्तानीको लागि म्याद तोकिएको छ। त्यतिबेलाभित्र नतिरे उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले वाचा दिएको छ।

Facebook Comments