Sat. Jul 27th, 2024

ट्रम्पले तिब्बत र ताइवानसम्बन्धी विधेयकमा हस्ताक्षर गरेकोमा चीनद्वारा कडा विरोध

Zhao Lijian.

काठमाडौं, २०७७ पुस १४ गते मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अगाडि तिब्बत सम्बन्धी ऐन र ताइवान ग्यारेन्टी ऐन सहितको बजेट विधेयकमा हस्ताक्षर गरेकोमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले डिसेम्बर २८ तारिखमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकालाई चेतावनी दिनु भएको छ।

तिब्बत र ताइवान विषय चीनका सार्वभौमिकताप्रति चिन्ता व्यक्त गरेका हो भन्दै उहाँले क्षेत्रीय अखण्डता विशुद्ध चीनको आन्तरिक मामिला रहेको बताउनुभयो। उहाँले कुनै बाह्य शक्तिहरूलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अनुमति नरहेको कुरामा जोड पनि दिनुभयो।

तिब्बत सम्बन्धी विधेयकको बारेमा प्रवक्ता चाउले चिनियाँ सरकार राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्ने अठोटमा अडिग रहेको बताउनुभयो।

उहाँले अमेरिकाले ताइवानको मुद्दालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेपमा प्रयोग गर्नु नहुने बताउँदै यस्ता विषयले चीन-अमेरिका सम्बन्ध र ताइवान जलडमरुको स्थिरतामा गम्भीर असर पर्ने जानकारी दिनुभयो।

Facebook Comments