Sun. Jun 14th, 2026

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षको उपलक्ष्यमा रे मिडिया ग्रुपले कार्यक्रम गर्दै

       

रमेश हतुवाली/काठमाण्डू । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको उपलक्ष्यमा काठमाण्डूस्थित रे मिडिया ग्रुपले भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष ‘सम्झना र समिक्षा’ विषयक सो कार्यक्रम काठमाण्डूको लैनचौरमा आज सम्पन्न हुने भएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका मिनिस्टर काउन्सिलर चौ फान विशेष अतिथीको रुपमा उपस्थित हुनुहुने भएको छ ।

रे टेलिभिजन एचडीको सञ्चालक संस्था रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलको अध्यक्षतामा सम्पन्न हुने सो कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत तथा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौड्याल, वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, चीन अध्ययन केन्द्रका महासचिव डा.उपेन्द्र गौतम, पूर्वमन्त्री गणेस प्रसाद शाह लगायतले नेपाल चीन सम्बन्धका विविध विषयमा बोल्नुहुने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार